गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

फाईल तस्बीर ।

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडिओ एक्सरे सेवा उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले बैशाख २७ देखि ३० गतेसम्म नगरपालिका अन्तरगतका  ४ ठाउँमा शिविर आयोजना गरेर नगरमा रहेका गर्भवती महिलाहरुलाई लक्षित गर्दै निःशुल्क भिडिओ एक्सरे सेवा दिन लागेको हो।

नगरपालिकाले नगर स्वास्थ्य तथा सामाजिक विकास शाखा मार्फत गर्भवती महिलाहरुलाई गाउँमै पुगेर निःशुल्क भिडिओ एक्सरे सेवा दिन लागेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिता थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैशाख २७ गते वडा नम्बर १४ को नुवाकोट स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिने छ । वैशाख २८ गते वडा नम्बर १४ कै शहरी स्वास्थ्य सेवा केन्द्र तिमिले, वैशाख २९ गते वडा नम्बर १२ को आधारभूत स्वास्थ्य सेवा केन्द्र र वैशाख ३० गते वडा नम्बर ६ को पुर्तिमकाँडा स्वास्थ्य चौकीबाट सेवा दिइने नगरपालिकाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार