पुथामा पालिका स्तरीय कृषक संजाल गठन

पुथामा पालिका स्तरीय कृषक संजाल गठन

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा पालिका स्तरीय कृषक संजाल गठन गरिएको छ ।

आज गाउँपालिकाले स्थानीय ओमप्रसाद कुँवरको अध्यक्षतामा १५ सदस्यीय पालिका स्तरीय कृषक संजाल संजाल गठन गरेको हो । जसको उपाध्यक्षमा सुर्जलाख बुढा, सचिवमा विनकमार बुढा र कोषाध्यक्षमा विनसरा बुढा चयन हुनुभएको छ ।

गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा र यूनाईटेड मिसन टू नेपाल रुकुम पूर्व क्लष्टर, नेपाल मगर समाज सेवा तथा सुचना केन्द्र (मिक नेपाल) को आयोजनामा सन्चालित दिगो वातावरण तथा आर्थिक विकास परियोजनाको आर्थिक सहयोगमा पालिका स्तरिय कृषक समिति संजाल गठन गरिएको हो ।

गाउँपालिका र कृषकहरुको बिचमा सहज रुपमा पालिका स्तरबाट हुने सुचना प्रवाह गर्ने संजाल गठन गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार