जिल्ला अस्पताल सल्लेमा फिजियोथेरापी सेवा लिनेको संख्या बढ्दै

जिल्ला अस्पताल सल्लेमा फिजियोथेरापी सेवा लिनेको संख्या बढ्दै

मुसिकोट । रुकुम पश्चिम जिल्लामै पहिलो पटक सुरु भएको फिजियोथेरापी सेवा लिनेहरुको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल सल्लेमा गत चैत महिनाबाट सुरु भएको फिजियोथेरापी सेवाको कारण थेपापी गराउनेहरुको संख्यामा बृद्धि भएको हो ।

हाडजोर्नी तथा नशाको समस्या भएका बिरामीहरुले थेरापी सेवा लिन जिल्लामै सहज भएको बताएका छन् । मुसीकोट नगरपालिका –१ का सुवास खड्काले घर नजिकै उक्त सेवा पाएकोमा खुशि व्यक्त गर्नुभयो । उहाँले न्युन शुल्कमा सेवा पाएको र जिल्ला बाहिर गएर सेवा लिनुपर्ने बाध्यता हटेको समेत जनाउनुभयो ।

फिजियोथेरापिष्ट अस्मिता श्रेष्ठले जिल्लामै पहिलो पटक सुरु भएको फिजियोथेरापी सेवा लिन दैनिक बिरामीहरुको संख्या बढीरहेको बताउनुभयो । दुई महिनामा ५५० बिरामीले फिजियोथेरापी सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

फिजियोथेरापी सेवा सञ्चालमा आएपछि हाडजोर्नीको उपचारसंगै नसा सम्बन्धी समस्या भएका विरामीले पनि सेवा लिईरहेका छन् । फिजियोथेरापिष्ट श्रेष्ठका अनुसार दैनिक २० देखि २५ जनाले सेवा लिईरहेका छन् । नशा चुडिएको, खुम्चिएको, च्यापिएको र मासु च्यातिएका बिरामीहरुले समेत फिजियोथेरापी सेवा लिन आउने गरेका छन् ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. शुसिल पोखरेलले विशेष प्राथमिकताका साथ फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । अस्पतालमा हाडजोर्नी तथा नशा रोगको उपचार तथा अप्रेशन सेवा सुरु भएसँगै फिजियोथेरापी सेवा अत्यावश्यक रहकाे थियो ।

अहिले दैनिक ३० जना बिरामीहरुलाई हाडजोर्नी सम्बन्धि सेवा दिने गरिएको छ । यस कार्यले फिजियोथेपापी र हाडजोर्नीको अप्रेशनको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको डा. पोखरेलेको भनाई रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार