मध्यपश्चिम विश्वबिद्यालयका उपकुलपति सहितको मूल नेतृत्वसँग मुसिकोटमा अन्तरक्रिया

मध्यपश्चिम विश्वबिद्यालयका उपकुलपति सहितको मूल नेतृत्वसँग मुसिकोटमा अन्तरक्रिया

मुसीकोट । मध्यपश्चिम विश्वबिद्यालयका उपकुलपति सहितको मूल नेतृत्वसँग मुसिकोट बहुमुखी क्याम्पसमा बृहत अन्तरक्रिया गरिएको छ । उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह सहितको टोलीसँग बुधबार क्याम्पसको सभाहलमा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा क्याम्पसको अवस्था, बिद्यार्थी, कर्मचारी, प्राध्यापकहरुको समस्या, आगामी योजनाको बिषयमा छलफल गरिएको क्याम्पसका प्रमुख बुद्धि प्रसाद गौतमले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा स्ववियु सभापति रमेश केसीले लाईब्रेरिको व्यवस्था नभएको, पूर्णकालिन शिक्षक नभएको, शौचालयमा पानीको समस्या रहेको लगायतका समस्या समाधान गरिदिन उपकुलपति समक्ष अनुरोध गर्नुभयो । जिल्लाको एकमात्र आङिगक क्याम्पस आंशिक शिक्षकहरुको भरमा चलेको र दैनिक पाँच बिषय पढाईहुनुपर्नेमा जनशक्ति अभावकै कारण तीन वटा बिषय मात्र पढाई हुने गरेको गुनासो सभापति केसीले राख्नुभयो ।

बिद्यार्थी सिर्जना गहतराजले पाठ्यपुस्तको अभाव झेलिरहेको बताउनुभयो । उहाँले शौचालयमा छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्था नहुँदा पनि समस्या हुने गरेको भन्दै समस्या समाधानका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बिद्यार्थीका मागहरु जायज रहेको बताउनुभयो । उहाँले शैक्षिक संस्थामा राजनीतिक दलहरुले सौदाबाजी गर्ने गरेको आरोप लगाउनुहुँदै आफूले निश्पक्ष काम गर्न खोज्दा चौतर्फी प्रहार भईरहेको उल्लेख गर्नुभयो ।

विश्वबिद्यालयमा रिक्त पदपूर्ति गर्न लाग्दा राजनीतिक भागबन्डा नपाएपछि मुद्धा हालेर काम गर्न नदिएको उहाँले जानकारी दिनुभयो । विश्वबिद्यालयलाई राजनीतिक दलका कार्यकर्ताको भर्तीकेन्द्र बनाउन नहुनेमा उहाँले जोड दिनुभयो । खुल्ला प्रतिश्पर्धात्मक रुपमा जनशक्ति भर्ना गर्नखोज्दा आफूमाथी सुनियोजित प्रहार भईरहेको उहाँको भनाई छ ।

कार्यक्रममा मुसिकोट बहमुखी क्याप्पसका क्याम्पस प्रमुख बुद्धि प्रसाद गौतमले क्याम्पसको वस्तुगत अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मध्यपश्चिम विश्वबिद्यालयका रजिष्टार प्रा.डा. नारायण प्रसाद पौडेल, ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन प्रा. डा. विमल कुमार लाल कर्ण, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन सह प्रा. डा. लिलाधर तिवारी, ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह प्रा. डा. सुदीप ठकुरी, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजाल, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह प्रा. बीरबहादुर पौडेल, प्राचार्य उप प्रा. जसबिर रोकाको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा राष्टिय सभाका पूर्व सदस्य ठकेन्द्र प्रसाद पुरी, नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाया, नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष गिरी प्रसाद बुढा, मुसिकोट नगरपालिकाका उपप्रमुख बिमल कुमार पुन, पूर्व स्ववियु उपसभापति शुसिल गौतम, क्याप्सका प्राध्यापकहरु, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, स्ववियु पदाधिकारीहरु, बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार