जिल्ला अस्पताल सल्लेमा सुविधा सम्पन्न भवन बन्दै

जिल्ला अस्पताल सल्लेमा सुविधा सम्पन्न भवन बन्दै

निर्माणाधिन अस्पताल भवन

मुसिकोट । रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा नयाँ भवन निर्माणको काम तिब्र रुपमा भईरहेको छ ।

भ्याट रकम सहित २३ करोड १५ लाख पाँच हजार २९१ को लागतमा अस्पतालको सुविधासम्पन्न भवन निर्माण भईरहेको हो । भवन निर्माणको लागि खानी थोडुङ मिसन जे.भि.ले ठेक्का पाएको छ ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका अनुसार भवन निर्माणका लागि निर्माण कम्पनिसँग २०७८ असार ३१ मा सम्झौता भएको हो । कार्यालयका लेखापाल प्रकाश खड्काका अनुसार २५ शैया अस्पतालको लागि दुई तले सुविधासम्पन्न भवन निर्माण भईरहेको छ ।

लिफ्ट सहितको अपाङ्गतामैत्री उक्त भवनको हाल दोश्रो तला ढलान भईरहेको छ भने अपाङ्गतामैत्री ¥याम्प र लाउण्डरिङ्ग चालु आर्थिक वर्षमै पुरा गरिने बताईएको छ । त्यसैगरी अस्पतालकै बि ब्लकको पिलर हालिसकिएको छ ।

संघीय सरकारको क्रमागत योजना अन्तर्गत उक्त भवन निर्माण भईरहेको हो । लेखापाल खड्काले हालसम्म निर्माण कम्पनीलाई ३० प्रतिशत रकम भुक्तानी गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार काम तिब्र रुपमा भईरहेको र असार मसान्तसम्ममा बित्तिय प्रगति बढ्ने छ ।

उक्त भवन निर्माण भएपछि एउटै भवनबाट सबै सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । नयाँ भवन निर्माण भएपछि विशेषज्ञ सेवा थप विस्तार गरेर सेवा दिईने अस्पतालको भनाई रहेको छ ।

उक्त भवन निर्माण सम्पन्न भएमा सेवाग्राही, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पनि सहज हुने विश्वास गरिएको छ । हाल पुरानो र छरिएर रहेका भवनहरुबाट सेवा प्रवाह हुँदै आएको छ । उक्त भवनको सम्पूर्ण काम २०८१ असार मसान्त सम्ममा सम्पन्न गरिने निर्माण कम्पनिले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार