रुकुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

रुकुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ खारखोलामा ट्याक्टर दुर्घटना भएको छ । बिहिबार बेलुका भएको रा १ त ३७९० नम्वरको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

दुर्घटनामा परी मुसिकोट नगरपालिका वडा नम्बर १४ का १८ बर्षका हेमराज ओलीको मुत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराइले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटना परेर सोहि वडाका चन्द्र बहादुर खड्का र सानीभेरी गाउँपालिका वडा नम्बर ११ का शेर बहादुर विक घाईत भएका छन ।

घाईतहरु मध्ये खड्काको चौरजहारी मिसन अस्पतालमा उपचार भईरहेको छ भने विकलाई थप उपचारको लागि नेपालगञ्ज पठाईएको छ ।

सानीभेरी गाउँपालिका वडा नम्बर ९ को खारखोलाबाट मुसिकोट नगरपालिका १४ को बाघखोर तर्फ बालुवा लिएर जाँदै गरेको ट्याक्टर खारखोलामा दुर्घटना भएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार