कर्णाली प्रदेश : विपद्का घटनामा चालु आवमा ६५ जनाको मृत्यु

कर्णाली प्रदेश : विपद्का घटनामा चालु आवमा ६५ जनाको मृत्यु

फाईल तस्बीर ।

कर्णाली प्रदेशमा विपद्का घटनामा परी चालु आर्थिक वर्षको नौ महिनामा ६५ जनाको मृत्यु भएको छ भने ११० घाइते भएका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानन मन्त्रालयको तथ्याङ्कानुसार चालु आवको नौ महिनामा विपद्का घटनामा परी प्रदेशभर ६५ जनाको मृत्यु भएको हो ।

सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति हुने गरेको मन्त्रालयको तथाङ्कमा उल्लेख छ । वर्षाका कारण एक हजार ६३५ भन्दा धेरै घटना भएका छन् भने पहिरोका कारण ४८ वटा घटना भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन अधिकृत कृष्णबहादुर रोकायाले जानकारी दिए ।

उनका अनुसार पहिरोका कारण ३८ जनाको मृत्यु भएको छ भने आगलागीबाट सातजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आवमा हालसम्म ८६ वटा आगलागीका घटना भएका छन् । आगलागीका कारण सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

त्यसैगरी चट्याङका ३३ वटा घटनामा परी तीनजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । यो वर्ष पहिरोका ३४८ वटा घटना भएका तथ्याङ्कमा जनाइएको छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार