स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमणबाट निको भई घर फर्किएकालाई विभेद नगरौ

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमणबाट निको भई घर फर्किएकालाई विभेद नगरौ

बैशाख २८ काठमाडौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ संक्रमण निको भई घर फर्किएकाहरुलाई विभेद नगर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. विकास देवकोटाले उनीहरुमा अब संक्रमण नरहेको र उनीहरुले कसैलाई रोग सार्न नसक्ने भन्दै घर परिवार र स्थानीयलाई प्रत्यक्ष सहयोग गर्न आग्रह गरेको हो।

मन्त्रालयले गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण १ हजार ३ सय १६ पुगेको जानकारी दिएको छ।  पिसिआरबाट १६ हजार ८ सय ९८ जनाको कुल परीक्षण भएको हो भने आरडिटी विधिबाट ५६ हजार ६ सय ५७ जनाको परीक्षण भएको हो।

आइसोलेसनमा भने कुल १६४ जना रहेको जसमा उपत्यकाभित्र ३ जना र उपत्यका बाहिर १६१ जना रहेको उनले जानकारी दिए। डा.देवकोटाले गत चौबीस घन्टामा कोही पनि रेडजोनमा नपरेको जानकारी दिए।

यस्तै हाल देशभर १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार