गणतन्त्र दिवसको अवसरमा पढाई मेला

गणतन्त्र दिवसको अवसरमा पढाई मेला

सल्यान । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सल्यानको शारदा नगरपालिका सल्यानले पढाई मेला आयोजना गर्ने भएको छ ।

नगरपालिकाले बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न सदरमुकाम खलंगाको लुहापिङ्गस्थित सबैभन्दा पुरानो त्रिभुवन जनमाध्यमिक विद्यालयमा पढाई मेला गर्ने भएको हो । मेला संचालनका लागि नगरपालिकालाई शिक्षासँग सम्बन्धित कार्यक्रम रुम टु रिडले सहयोग गरेको छ ।

सानै उमेरदेखि मोबाइलतर्फ ध्यान दिँदा शैक्षिकस्तर खस्कँदै गएकाले त्यसमा सुधार तथा बालबालिकालगायत युवामा पढ्ने बानी विकास गर्न पढाई मेला गर्न लागेको शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारीले पत्रकार सम्मेलनमा बताउनुु भयो। उहाँका अनुसार नगरपालिकाभित्र ५७ सामुदायिक र ११ निजी विद्यालय छन् ।

नगरभित्रका २० भन्दा बढी विद्यालयबाट विकास गरिएका बालकेन्द्रित, नविनतम् र आकर्षक पठन सामग्री, बाल खेलसहितका स्टल राखिने छ । मेलामा नगरभरिका सबै विद्यालयका एक हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

मेलामा बाल पुस्तकालय, पढाई मापन तथा डिजिटल पुस्तकालय, हिँडाई पढाई र चौतारामा बसेर पढाईलगायत कक्षा पुस्तकालय, स्वतन्त्र पठन, लेखन तथा कथा वाचन कार्यक्रम हुने छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार