मित्रलाल केसी स्मृति अक्षयकोषबाट विद्यार्थीलाई सहयोग

मित्रलाल केसी स्मृति अक्षयकोषबाट विद्यार्थीलाई सहयोग

रुकुम पूर्व । मित्रलाल केसी स्मृति अक्षयकोषबाट रुकुम पूर्वको सिस्ने गाउँपालिका ३ मा रहेको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रिको लागि आर्थिक सहयोग गरिएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि वडामा रहेको जनता माध्यामिक विद्यालय पोखराका २४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रिको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
मित्रलाल केसी स्मृति अक्षयकोष २०७९ सालमा स्थापना गरिएको थियो । जनता मावि पोखरामा अध्यनरत विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई अक्षयकोषको लाभांसबाट शैक्षिक सामाग्रिको लागि आर्थिक सहयो गरिएको स्वर्गीय मित्रलालका छोरा महेश केसीले जानकारी दिनुभयो । विद्यालयले जेहेन्दा र विपन्न विद्यार्थीहरु छनोट गरेको थियो ।

विद्यार्थीलाई ५ सयका दरले रुपैँयाका दरले रकम प्रदान गरिएको हो । २०७९ साल जेठमा १ लाख १० हजार रकमको अक्षयकोष स्थापना गरिएको थियो । सोहि रकमको लाभांसबाट प्राप्त रकमलाई शैक्षिक सहयोगको रुपमा वितरण गरिएको छ ।

बुवाको नाममा अक्षकोष स्थापना गरी स्वाबलम्बी कृषि सहकारी संस्थामा रकम जम्मा गरेको र जम्मा गरेको रकमबाट प्राप्त भएको व्याजको हरेक वर्ष विपन्न, गरिव तथा जेहेनदार विद्यार्थी प्रदान गरिएको महेशले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार