निःशुल्क स्वास्थ्य शिविरमा ९५० जनाले सेवा लिए

निःशुल्क स्वास्थ्य शिविरमा ९५० जनाले सेवा लिए

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ र १४ का ९५० जनाले स्वास्थ्य शिविर मार्फत निशुल्क स्वास्थ्य सेवा लिएका छन । शुक्रबार र शनिबार दुई वडामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयहरुले सेवा लिएका हुुन ।

मुसिकोट नगरपालिका १३ र १४ को संयुक्त पहलमा मानव विकास तथा सामुदायिक सेवा, चौरजहारी अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको थियो । दुई ठाउँमा सञ्चालन गरिएको शिविरबाट ९ सय ५० जनाले सेवा लिएका छन् । जसमा महिला ५ सय ९४ र पुरुष ३ सय ५६ जना रहेको मुसिकोट १३ का वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।

यस्तै शुक्रबार पहिलो दिन प्रभात मावि दोपाईमा शिविर संचालन गरिएको थियो । जसबाट दुई वडाका ५ सय ६१ जनाले सेवा लिएका थिए । जसमा महिला ३ सय ६० र पुरुष २ सय १ जना रहेका थिए । शनिबार १३ नम्बर वडाको नेपाल राष्ट्रिय आधारभूत विद्यालय हाइवाङमा शिविर संचालन गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

उक्त शिविरबाट कुल ३ सय ८९ जनाले सेवा लिएका छन् । जसमा महिला २ सय ३४ जना र पुरुष १ सय ५५ जना रहेका थिए । यस्तै शिविरबाट १ सय ४० जनाले भिडियो एक्सरे र १ सय ७ जनाले रक्त समुह पहिचान सेवा लिएको वडाध्यक्ष खड्काले बताउनुभयो । शिविरमा सबै खाले स्वास्थ्य सेवा प्रदान गरिएको शिविरमा खटिएका स्वास्थ्यकर्मीले जनाएका छन् ।

 

शिविरमा चौरजहारी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर  निम्रोद सुब्बाको नेतृत्वमा १८ जनाको स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार