महिलासँग उपाध्यक्ष कार्यक्रम : गाउँमै पुगेर महिलाको स्वास्थ्य जाँच सुरु

महिलासँग उपाध्यक्ष कार्यक्रम : गाउँमै पुगेर महिलाको स्वास्थ्य जाँच सुरु

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले पालिकामा प्रजनन् समस्या तथा पाठेघरको समस्या भएका महिलाहरुको लागि विभिन्न ठाउँमा स्वास्थ्य शिबिर गर्ने भएको छ । आज वडा नम्वर ६ बाट सुरु भएको शिबिर विभिन्न ठाउँमा संचालन हुनेछ । पालिकामा पाठेघरको समस्या भएका महिलाहरु धेरै रहेको र अस्पताल सम्म सेवा लिन आउनै डराउने भए पछि पालिकाले गाउँमै पुगेर महिलाको स्वास्थ्य जाँच सुरु गरेको हो ।

महिलाहरुसंग उपाध्यक्ष कार्यक्रम अन्तरगत गाउँमै पुगेर प्रजनन् तथा पाठेघरमा समस्या भएका महिलाहरुको स्वास्थ्य जाँच तथा परामर्श दिन सुरु गरिएको गाउँपालिका महिला तथा बालबालिका शाखाका बाल संरक्षण अधिकृत मानविर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा पुग्दा प्रजनन् समस्या र पाठेघरमा समस्या भएका महिलाहरु धेरै भेटीएका छन् ।

जिल्ला अस्पताल सल्लेका स्त्रीरोग विषेशज्ञ डाक्टर केहल विक्रम जिसी सहितको टोलीले आज वडा नम्वर ६ खेतमा पुगेर पाठेघरको समस्या भएका महिलाहरुको स्वास्थ्य जाच गरेको हो । आज ४८ जना महिलाहरुले सेवा लिएका थिए ।

गाउँपालिकाले २२ गते चाईनाबगरमा, २३ गते काफलकोट र २४ गते पालिका अस्पताल चिन्नेवगरमा शिबिर गर्ने गाउँपालिका उपाध्यक्ष कमला रोकाले बताउनुभयो

पाठेघरको समस्या भएको अप्रेसन गर्नुपर्ने समस्या भएका महिलाहरुको अप्रेसनको लागि पनि पालिकाले पहल गर्ने उपाध्यक्ष रोकाले जानकारी दिनुभयो । विभिन्न ठाउँमा शिबिर सम्पन्न गरे पछि मात्र कति जनालाई विशेष उपचारको आवश्यकता पर्छ भनेर जानकारी आउने र त्यहि अनुसार योजना वनाउने उहाँको भनाई छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार