मुसिकोटमा युवाहरुको क्षमता अभिवृद्धि तालिम

मुसिकोटमा युवाहरुको क्षमता अभिवृद्धि तालिम

मुसिकोट । रुकुम पश्चिममा युवाहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) रुकुम पश्चिमको आयोजनामा जिल्लाका तीव वटा स्थानीय तहका युवाहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको हो ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका २७ जना युवतीहरुको सहभागिता रहेको थियो ।

तालिममा लैंगिक विभेद, महिला हिंसा, युवाको नेतृत्व विकास, द्धन्द्ध व्यवस्थापनमा युवाहरुको भुमिका, लागु पदार्थ दुव्र्यसनी र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण लगायतको बिषयमा सिकाइएको छ ।।

तालिममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठ, ओरेक जिल्ला कार्यक्रम अधिकृत दीपा धिताल, पत्रकार राजु लामिछाने र केशव बिसीले प्रशिक्षण दिनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार