गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको मृत्यु

गुल्मीका कोरोना सङ्क्रमित शिक्षकको मृत्यु

जेठ ८ काठमाडौ
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित गुल्मीको मदाने ६ का ४१ वर्षीय शिक्षकको मृत्यु भएको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले आज एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । ‘क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद् निधन भएको छ ।

उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ । मृतक कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको बताइएको छ ।

भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिएका छन । क्रिमसन अस्पतालमा बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो । उहाँको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार