झापामा ८ र रुपन्देहीमा १ जनामा काेराेना संक्रमण पुष्टि

झापामा ८ र रुपन्देहीमा १ जनामा काेराेना संक्रमण पुष्टि

जेठ ८ काठमाडौ । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका रहेका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार