४ जना कोरोना संक्रमित निको भए

४ जना कोरोना संक्रमित निको भए

जेठ ८ काठमाडौ
कोरोना भाइरसबाट संक्रमित काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा  सरुवा रोग अस्पतालमा उपचाररत चार जना डिस्चार्ज भएका छन्।

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेको
अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले जानकारी दिनुभएको छ ।  डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला हुन ।

यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार