दाङमा एक जना पुरुषमा कोरोना पुष्टि

दाङमा एक जना पुरुषमा कोरोना पुष्टि

जेठ ८ काठमाडौ । बिहीबार दाङमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती  स्वास्थ्य   विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परिक्षणमा घोराही उपमहानगरपालिकाकाे  क्यारेन्टाइनमा बसेका एकजनामा कोरोना पुष्टि भएको हो ।

घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीया पुरुषको कोरोना रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका  कायममुकायम रजिष्ट्रार कैलास प्रसाद देवले जानकारी दिनुभएको छ ।

देवका अनुसार  संक्रमीत पुरुष  जेठ ५ गते भारतबाट आएका थिए । उनीसहित आएका ५ जनामा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो । योसहित दाङमा तीन जनाका कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जानकारी   दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार