बाँकेका २१ जना काेराेना संक्रमित आज डिस्चार्ज हुँदै

बाँकेका २१ जना काेराेना संक्रमित आज डिस्चार्ज हुँदै

जेठ ९ काठमाडौ । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।

दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाउने तयारी गरिएको डा. विनोद डंगोलले बताउनु भयाे ।

डिस्चार्ज हुनेमा पहिलो पटक संक्रमित भएका ६० वर्षीय वृद्ध पनि छन् । उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका रहेको डा. डंगोलले जानकारी दिनुभएकाे छ । आइसोलेसनबाट डिस्चार्ज हुने खबरले सबै उत्साहित छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार