सुर्खेतमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि 

सुर्खेतमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि 

जेठ १० काठमाडौ । सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण  पुष्टि   भएको   प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिनुभएको छ ।   संक्रमित सबै भारतबाट आएको बताइएको छ

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि शनिबार पोजेटिभ नै नतिजा आएको हो ।

डाक्टर खड्काका अनुसार  संक्रमितमा सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुलाई  प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा राखिएको छ ।

यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।  अब कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार