बाँके र बर्दियामा थप पाँच जनामा कोरोना पुष्टि

बाँके र बर्दियामा थप पाँच जनामा कोरोना पुष्टि

जेठ ११ काठमाडौं । आइतबार साझ बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको  प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवलेे जानकारी दिनुुभएको छ ।

उहाँ अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुष र  बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार