राष्ट्रिय दलित आयाेगका पूर्व अध्यक्ष नेपालीले भने : जातकै कारण मान्छे मार्नु अपराध हाे

राष्ट्रिय दलित आयाेगका पूर्व अध्यक्ष नेपालीले भने : जातकै कारण मान्छे मार्नु अपराध हाे

जेठ १२ काठमाडौ । राष्ट्रिय दलित आयाेगका पुर्व अध्यक्ष तथा दलित अधिकारकर्मी मान बहादुर नेपालीले केटी लिन रुकुम पुगेका जाजरकोटका युवाहरु माथि जातीयताकै आधारमा हत्या तथा बेपत्ता घटनाको भत्सर्ना गर्दै कार्बाहिकाे लागि माग गरेका छन । रुकुम पश्चिमकाे चौरजहारि  नगरपालिका-८ सोतीमा अन्तर्जातिय प्रेम सम्बन्धका कारण जाजरकोटकाेे भेरि नगरपालिका – ४ रानागाउँका नवराज बिकको बिभत्स तरिकाले हत्या गरिनु का साथै ६ जना दलितको समुदायका युवाहरुलाइ लाई बेपत्ता पार्ने गरि घटाइएको घटनाको घोर भत्सर्ना गरेका हुन ।

आइतबार विज्ञप्ति जारि गर्दै नेपालमा भएका सबै प्रकारका परिवर्तनमा दलित समुदायले आफ्ना थुप्रै रक्तरन्जित बलिदानीका इतिहास कायम गरेका छन, हिजो जनयुद्धको उद्गम थलो , देशकै पहिलो जातीय भेदभाव तथा छुवाछूत नमुना स्थानीय निकाय घोषणा गर्ने जिल्ला , हाल अधिकास स्थानीय निकायहरु घोषणा भैसकेको र जिल्ला समेत सो तयारीमा रहेको जिल्ला , प्रदेश सभा देखि स्थानीय निकायहरुमा दलित जनप्रतिनिधिहरुको बाहुल्यता रहेको र परिवर्तनको चेत भएको जिल्लामा घटेको यो घटनाले मानवता र ब्यक्तिको बाच्न पाउने अधिकार माथि समेत निर्लज्ज प्रहार गरेको नेपालीले भनेका छन । उक्त घटना २१औ शताब्दीमा जातकै कारण कुनै समुदायको मान्छे मारिनु पक्कै पनि यो मानव सभ्यता माथिकै लज्जाको विषय हो नेपालीले विज्ञप्तिमामा उल्लेख गरेका छन ।

। उक्त घटनामा मृत्यु भयका र बेपत्ता पारिएका लगाएतका व्यक्तिहरुको सम्बन्धमा सत्य तथ्य पत्ता लगाई दोषी उपर कडा भन्दा कडा कारवाहिको लागि स्थानीय प्रशासन सङ जोड्दार माग गर्दछु । विगतमा पनि पनि रुकुममा यस्ता घटनाहरु घटदै आएकाे र राजनीति शक्तिको आडमा उन्मुक्ति दिने गरि गरिएका निर्णयको घोर भत्सर्ना गर्दै याे घटनाको बारेमा सत्य तथ्य छानबिन गरि पीडितलाई न्याय दिनका लागि रास्ट्रिय दलित आयोग र रास्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध गर्दछु नेपालीले माग गरेका छन । साथै यस्ता मानव समुदायलाइ नै कलन्कित पार्ने घटनाहरु प्रती सदा चनाखो हुन सम्पुर्ण उत्पीडित समुदायलाइ आह्वान गर्दछु ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार