रुकुम पश्चिमको सोती घटनाका दोषीलाई कारबाही गर्न पूर्व मन्त्री शाहाको माग

रुकुम पश्चिमको सोती घटनाका दोषीलाई कारबाही गर्न पूर्व मन्त्री शाहाको माग

जेठ १३ काठमाडौ
नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जगं शाहले जेठ १० गते शनीवार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको हत्या तथा बेपत्ता पारिएको घटनाको भत्सर्ना गर्दै कानुनि कारवाहिका लागि माग गरेका छन ।
प्रेम सम्वन्धका विषयमा भएको उक्त घटना मानवीय मुल्य मान्यता विपरित भएको भन्दै शाहले उक्त घटनामा वेपत्ता पारिएकाको खोजी गर्न र घटनाको अनुसन्धान गरि दोषिलाई हदै सम्मको कानुनी कारवाहि गर्न सरोकारवाला निकायहरु संग आग्रह गरेका हुन । रुकुम जिल्ला चौरजहारी नगरपालिका ८ सोतीमा अन्तर्जा्तिय प्रेम सम्बन्धका कारण जाजरकोट जिल्ला भेरी नगरपालिका – ४ रानागाउँका नवराज बि।क।, गणेश वुढा र चौरजहारी न।पा। १ का टिकारामा सुनारको बिभत्स रुपमा भएको हत्या र ४ जना युवाहरु बेपत्ता भएको खवरले आफु स्तब्ध भएको विज्ञप्तीमा उल्लेख छ ।

आज एक प्रेस विज्ञप्ती जारि गर्दै जातिय विभेद गर्नु नेपालको संविधान अनुसार गैरकानुनी र मानवीय हिसावले कंलकित कार्य भएकाले जातिय हिसाव कुनै पनि कार्य गर्न कसैलाई पनि छुट नभएको शाहको भनाई छ । सामुहिक हत्या र वेपत्ता पार्ने गरि भएको यस घटनाले फेरी पनि आम नागरिकहरुलाई संसकित वनाएकाले यस घटनाको सत्यतथ्य पत्ता लागाएर दोषिलाई हदै सम्मको कानुनी कारवाहि गर्न तदारुपताका साथ लाग्नु पर्नेमा जोड दिदै घटनाको वास्तविक छानविन गर्न संघिय, प्रदेश तथा स्थानीय सरकारका साथै अधिकारवादि संस्थाहरु राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग लगायतका निकायहरुमा आग्रह गरिएको छ ।
जातकै कारण कुनै समुदायको मान्छे मारिनु मानव सभ्यता माथिकै लज्जाको विषय भएकाले आगामी दिनहरुमा यस्ता घटनाहरु दोहरिन नदिन सबै सरोकारवाला निकायहरुले ध्यान दिनु पर्ने शाहले जारि गरेको विज्ञप्तिमामा उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार