दोषीमाथि कारवाही, क्षतिपूर्ति मागसहित जाजरकोटमा अनसन

दोषीमाथि कारवाही, क्षतिपूर्ति मागसहित जाजरकोटमा अनसन

जेठ १४ काठमाडौ । जाजरकोटकाे भेरि नपा ४ का  नवराज विक लगायत मारिएका युवाहरुको हत्यारालाई कारबाहीको माग गर्दै जाजरकोटमा रिले अनशन शुरु भएको छ । मंगलबार दिउँसोदेखि उनीहरुले रिले अनशन शुरु गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय गेटमा  मृत्तकका आफन्त, दलित अधिकारकर्मी, पत्रकार र स्थानीयहरुले रिले अनशन शुरु गरेका हुन ।

विवाहका लागि प्रेमिकालाई भगाउन रुकुम पश्चिमको सोती पुगेका जाजरकोट रानागाउँका नवराज विकसहित तीन जनाको हत्या भएको थियो । नवराजसँग गएका अरु तीन जना अझै बेपत्ता छन । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा सलंग्न भएको आरोपमा रुकुम सोतीका वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल लगायत १५ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर अनुसन्धान फितलो भएको र हत्यारालाई लुकाउन खोजिएको भन्दै मृत्तकका आफन्त र अधिकारकर्मीले रिले अनसन शुरु गरेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार