रुकुमको सोती घटना : थप एक जनाको शव भेरी किनारमा भेटियो

रुकुमको सोती घटना : थप एक जनाको शव भेरी किनारमा भेटियो

जेठ १४ काठमाडौ

रुकुम पश्चिमकाेे चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ  ।

जाजरकोट भेरी नगरपालिका ११ का १८ बर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको हो । उहाँको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको आफन्तजनले बताएका छन् । यससँगै उक्त घटनामा संलग्न ४ जनाको शव भेरी नदीमै फेला परेको हो ।

भेरी नगरपालिका ४ का नवराज बिकको शव शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उहाँसँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टिकाराम विकको शव घटनास्थलबाट झन्डै २५ किलोमिटर तल जाजरकोटको भेरी नगरपालिका वडा नं. १२ मा खोदा खोला नजिक भेटिएको थियो ।

जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विककी प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला स्थानीयले आक्रमण गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार