दैलेखमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु : सामाजिक विकास मन्त्रालय

Corona-Ad-Raptisonari

दैलेखमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु : सामाजिक विकास मन्त्रालय

जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना पोजेटिभ भएको जानकारी दिएको छ ।’ उनले भने,‘कोरोना परीक्षणका लागि स्वाव १५ गते नै लगिएको थियो ।
३५ वर्षीय ती युवकको कोरोना पुष्टि भएको नगर प्रमुख घनश्याम भण्डारीले बताए । ‘जेठ १५ गते उनको स्वाव परीक्षणका जुम्ला पठाएका थियौं ।’ उनले भने,‘परीक्षणमा उनको कोरोना संक्रमण भेटिएको छ ।’
कोरोना संक्रमणका कारणले मृत्यु भएका युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको नगर प्रमुख भण्डारीले जानकारी दिए ।
भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको थियाेे ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार