जेठ ३२ गतेसम्म लकडाउन जारी रहने

जेठ ३२ गतेसम्म लकडाउन जारी रहने

जेठ १७ काठमाडौ

जारी लकडाउनलाई सरकारले  जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हाेे ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हाे ।

नेपालमा हालसम्म १ हजार ४ सय १ जना कोरोना संक्रमित भेटिएका छन् भने ७ जनाको यसकै संक्रमणका कारण मृत्यु भइसकेको छ। २ सय १९ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

यस्तै असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार