बोनम्यारो बाट पीडित बालकको उपचारमा आर्थिक अभाव

बोनम्यारो बाट पीडित बालकको उपचारमा आर्थिक अभाव

जेठ १९ काठमाडौ

थलासिमिया नामक रोगबाट रोगबाट पिडित अर्धाखाँची पणिक गाउँपालिका –१ का चार वर्षिया बालक रनिक परियारको आर्थिक अभावका कारण उपचारमा प्रभावित भएको छ । चिकित्सकले बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने भनेपछि उपचारमा आर्थिक समस्या आएको हो । बोनम्यारो प्रत्यारोपणका लागि १७ लाख लाग्ने भएपछि ती बालकको उपचारमा समस्या आएको छ ।

रनिकको हाल काठमाडौँको सिभिल अस्पतालमा उपचार भैरहेको छ । रनिकका बाबु राम बहादुर परियाले छोरोको उपचारमा सहयोग गर्न याचना गरेका छन् । रनिकको सिभिल अस्पतालमा १९ महिनादेखि उपचार भैरहेको छ । हरेक ९ देखि १५ दिनमा रगत चढाउनु पर्नेपर्छ तर कहिले काहि शरिरमा रगतको मात्रा हेरेर चाँडै पनि चढाउनु पर्ने रनिकका बुबा रामबहादुरले बताए ।

रामबाहादुरले सहयोगका लागि बैँक अफ काठमाडौँमा रामबहादुर परियारको नाममा रहेको खाता नं. ०३४४०००००५००५२४ मा सहयोग गर्न वा ९८४९७४५६५० मा सम्पर्क गरि सहयोग गर्न आग्रह गरेका छन् । विश्वमाहामारी कोरोनाले गर्दा थप समस्या भएको रामबाहदुरले बताए । उनले भने,काठमाडौँमा बसेर छोराको उपचार गराउँदा खान बस्नको समेत समस्या भैरहेको छ ।

रामबहादुरले विश्वमा रहेका नेपाली सहयोगी मनहरुलाई छोराको जिवन रक्षाका लागि सहयोग गरिदिन अग्रह गरेका छन् । घरको आर्थिक अवस्था कामजोर भएकाले उपचारमा समस्या भएको छ, उनले भने सबैमा मेरो बिन्ती छ मेरो छोराको ज्यान बचाइदिनुहोस् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार