प्रहरीभित्र ‘दलित सेल’ खोल्न संसदीय समितिको निर्देशन

प्रहरीभित्र ‘दलित सेल’ खोल्न संसदीय समितिको निर्देशन

जेठ २० काठमाडौ

मगलबार बसेकाे संसदीय समितिकाे बैठकले नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन दिएको छ । कानुन न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीभित्र दलित सेल खोल्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

दलित समुदायमाथि हुने विभेद तथा घटनाको छानबिन गर्न उक्त सेल खोल्न निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले बताए ।

त्यसैगरी समितिले रुकुम घटनामा बेपत्ता भएकाको खोजी तीव्र पार्न र घाइतेको नि:शुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवाहरूलाई मारेर भेरी नदीमा फालेका थिए । तीमध्ये ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । साथै घटनाका दोषीलाई निष्पक्ष तरिकाले कानुनी कारबाही अगाडि बढाउन समितिले भनेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार