सोती घटना : किटानी जाहेरी नदिएका थप ७ जना पक्राउ

सोती घटना : किटानी जाहेरी नदिएका थप ७ जना पक्राउ

जेठ २२ काठमाडौ

रुकुम चौरजहारी नगरपालिका ८ सोती घटनामा संलग्न भएको आरोपमा थप सात पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले गएको जेठ १० गते ६ जनाको हत्यामा संलग्न आशंकामा सात जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन छन् । अनुसन्धानको क्रममा यसअघि पक्राउ परेकाहरूको बयानमा उनीहरूको पनि नाम जोडिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस अगाडि वडा नम्बर ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् ।  पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी दिएका दुई जना अझै वेपत्ता रहेका छन ।

प्रहरीले अनुसन्धान तथा बेपत्ताको खोजि कार्यलाई व्यापक बनाएको छ । हिरासतमा रहेकालाई बिहीबार जिल्ला अदालत रुकुम पश्चिममा पेश गरि थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार