सोती घटनाका दोषिलाई कारबाहीको माग गर्दै रुकुममा नेविसंघको राँके जुलुस

सोती घटनाका दोषिलाई कारबाहीको माग गर्दै रुकुममा नेविसंघको राँके जुलुस

जेठ २२ काठमाडौ
रुकुम पश्चिमको सोती घटनाका दोषिलाई कारबाहीको माग गदै रुकुम खलंगामा राके जुलुस निकालिएको छ । नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले बिहिबार साँझ सोती घटनाका दोषिलाई कारबाही गर्ने माग गदै आन्दोलन गरेको नेपाल विद्यार्थी संघका जिल्ला प्रतिनिधि तिलक डाँगीले जानकारी दिएका छन् ।
गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ कि मल्ल थरकी केटीसँग अन्तरजातीय प्रेम सम्वन्धका कारण भेरी नगरपालिका ४ का नबराज विक सहित ५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले घटनामा संलग्न रहेको आरोपमा २५ जना पक्राउ गरेको छ । भने २ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा ६ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै रुकुम प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार