कर्णालीमा कोरोना संक्रमितको संख्या ३८९ पुग्यो, मुगुमा पनि भेटिए संक्रमित

कर्णालीमा कोरोना संक्रमितको संख्या ३८९ पुग्यो, मुगुमा पनि भेटिए संक्रमित

जेठ २२ सुर्खेत

कर्णाली प्रदेशमा कोभिड–१९ बाट एकैदिन ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणबाट दैलेखका ११३ र मुगुको एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

यसमा दैलेख नारायण नगरपालिकाका ६७ पुरुष र पाँच महिला गरी ७२ जना रहेका उनले बताए। त्यस्तै दैलेख देवलकाँडाका १२, सोतका नौ, मानटाकुराका सात, नौमुलेका पाँच, भगनीका पाँच, साडुका दुई र बाँसकोटका एक जना रहेका छन्।

यससँगै कर्णालीमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ३८९ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार