जाजरकोटका एक पुरुषमा देखियो कोरोना संक्रमण

जाजरकोटका एक पुरुषमा देखियो कोरोना संक्रमण

राजेन्द्र कार्की, जेठ २३ जाजरकोट

जाजरकोटका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर सल्यानको कुमाख गाँउपालिकामा रहेको क्वारेन्टाइनमा बसिरहेका जाजरकोट भेरी नगरपालिका-१० का १९ बर्षिय युवकमा कोरोना देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै बारेकोेट र कुशे गाँउपालिकामा एक सय २७ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बारेकोट र कुशेबाट कोरोनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरेर १० दिन अघि सुर्खेत पठाईको थियो । बारेकोट र कुशेका एक सय २७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा सुनिल पुनले बताए ।

जिल्लाका अन्य ठाँउबाट स्वाव संकलन गरी पठाईएका दुई सय सय ७८ जनाको रिपोर्ट भने आउन बाँकी छ ।। भारतबाट हालै आएर विभिन्न क्वारेन्टाइनमा रहेका दुई हजार ६४ जनाको स्वाव नै संकलन गरिएको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार