रुपन्देहीको तिलोत्तमामा कोदालो प्रहार गरेर ५ जनाको हत्या

krishi
Duduwa Corona

रुपन्देहीको तिलोत्तमामा कोदालो प्रहार गरेर ५ जनाको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  

जेठ २७ काठमाडौ

रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति काेदालाे प्रहार गरेका हुन् । मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् ।

मृत्यु हुने २ जना श्रीमान्-श्रीमती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाका अनुसार मृतकको सनाखत गरिएको छ ।

हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् । थापाका अनुसार सबैको घाँटीमा चोट छ । उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी थापाले बताए ।

यस्तै प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ । तस्बिर : कान्तिपुुर दैनिकबाट

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार