आजबाट लकडाउन झन् कडा हुन्छ : भिम ढकाल, ट्राफिक प्रहरी प्रमुख 

आजबाट लकडाउन झन् कडा हुन्छ : भिम ढकाल, ट्राफिक प्रहरी प्रमुख 

जेठ २७ काठमाडौं
सरकारले आजबाट लकडाउन झन् कडा गरेको छ । सडकमा यातायात बढी चलेर जाम हुनथालेपछि लकडाउनमा कडाई गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले आजबाट लकडाउन कडा गरिएको बताएका छन् । उनले युनिटहरुलाई कडाईका साथ कदम चाल्न निर्देशन दिइसकेको बताए ।

‘आजबाट लकडाउन झन् कडा भइसकेको छ,’ एसएसपी ढकालले भने, ‘लकडाउन झन् कडा हुन्छ, सम्पूर्ण युनिटलाई निर्देशन दिइसकेकोको छु ।’

७७ दिन लकडाउन हुँदा उतारचढाव भएको र दैनिक सेवा दिने सवारी साधन चलेको बताए । त्यसबाहेकका सवारी साधनलाई दैनिक कारबाही गरिएको बताए ।

पास लिएका र अत्यावश्यक सेवा दिने सवारी चल्न दिइएको जानकारी दिए । नागरिकलाई स्वास्थ्य, खाद्यान्न, पानीलगायत ४२ वटा सेवा सम्बन्धी सवारी सञ्चालन गर्न छुट भएको बताए । अत्यावश्यक वस्तु पुर्याउन मात्र सवारी चल्न दिइएको उनको भनाई थियो ।

उनले भने, ‘अनावश्यक गुडेका सवारी नियन्त्रणमा लिएका छौं, उल्लंघन गर्ने दैनिक २ हजार जति गाडी उपत्यकामा नियन्त्रणमा लिएको तथ्यांक छ ।’ ढकालले अत्यावश्यकबाहेक सवारी नगुडाउन आग्रह गरे । गुडेका गाडीहरु सबै सुरक्षाको निगरानीमा रहेको बताए ।
कोरोना भाइरसको रोकथामका लागि लकडाउन कडाई गरिएको उनको भनाई थियो । रिपोर्टस नेपालबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार