बालुवाटारमा सरकार विरुद्ध प्रदर्शन, केही पक्राउ

बालुवाटारमा सरकार विरुद्ध प्रदर्शन, केही पक्राउ

जेठ २७ काठमाडौं
कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको जस्ता कुरामा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन भएको छ।

आज कलाकार, व्यवसायी, विद्यार्थी र विभिन्न पेशामा आवद्ध सर्वसाधारणहरुले स्वस्फूर्त रुपमा प्रधानमन्त्री निवास नजिक गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावपूर्ण भएको छ।
शान्तिपूर्ण धर्नामा बसेकाहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा पनि छ्यापेको छ। प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ।

प्रदर्शनकारीहरुले आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग गरेका छन्। त्यस्तै १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाउने सरकारी नीतिको पनि विरोध गरेका छन्।  तस्बिर : दिनेश श्रेष्ठ

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार