नेपालमा २४ घन्टामा ३२३ जनामा काेराेना संक्रमण पुष्टि

नेपालमा २४ घन्टामा ३२३ जनामा काेराेना संक्रमण पुष्टि

जेठ २७ काठमाडौ

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३२३ जनामा संक्रमण पुष्टि भएकाे छ । सँगै ४ हजार ८५ जना पुगेको हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् ।

त्यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण देखिएको छ ।

याे सँगै कुल संक्रमितकाेे संख्या ४ हजार ८५ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार