३९ जना बोकेको टिपर कर्णालीमा खस्यो

३९ जना बोकेको टिपर कर्णालीमा खस्यो

जेठ २८ काठमाडौ
भारतबाट फर्किएका ३९ जनालाई कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा लिंँदै गर्दा ना ८ ख ५१३३ नम्बरका टिपर दुर्घटनामा परेको थियो।
कर्णाली नदीमा टिपर खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान करिब १० बजेर २० मिनेटमा टिपर नदीको खसेको प्रहरीले जनाएको छ।

३९ जना बोकेको टिपर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् भने ३१ जनाको उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सेनाका अनुसार घटनामा ४ जना गम्भीर घाइते भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार