मकैमा फौजी किराको आक्रमण

मकैमा फौजी किराको आक्रमण

रोशन खड्का, जेठ ३० रुकुम पश्चिम

मकैबारीमा फौजी किराले आक्रमण गरेपछि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानहरु  हैरान भएका छन् । अहिले जिल्लाको त्रिवेणी गाउँपालिका सहित विभिन्न स्थानका लगाएका मकैबारीमा अमेरिकन फौजी किराले आक्रमण गरेको हो ।

फौजी किराको आक्रमणले मकैबारी नै नष्ट गरिदिएको किसानको भनाइ छ । मकैको जरादेखि पातसम्म फौजी किराले छियाछिया पारिदिएको छ ।

स्थानीय कृषक महेन्द्र डाँगीले फौजी किराले आफ्नो पूरै मकैबारी नष्ट गरिदिएको बताए । अहिले फौजी किराले जताततै मकैबाली खाएर यसवर्ष मकै उत्पादन गर्न नसकिने अवस्थामा पुगेको डाँगीले बताए । यस क्षेत्रका किसानहरुले सूरुमा एक पटक लगाएको मकै बालीमा फौजी किराले नष्ट गरेपछि दोस्रो पटक मकै रोपेका थिए ।

यस्तै त्रिवेणी गाउँपालिका-७ का वडा अध्यक्ष बिर बहादुर खड्काले भने फौजी किरा रोकथाम तथा नियन्त्रणको लागि गाउँपालिका लागि परेको बताउनु भएको छ । उहाँले किसानहरुलाई कृषि प्राविधि तथा विषाधीेका लागि गाउँपालिका वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्ने आग्रह गरेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार