कोरोनाबाट थप दुई जनाको मृत्यु

कोरोनाबाट थप दुई जनाको मृत्यु

जेठ ३१ काठमाडौँ

कोरोनाबाट थप दुई जनाको मृत्यु भएको  । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साको वीरगन्‍ज महानगरपालिका घण्टाघरस्थित अन्दाजी २५ वर्षीय पुरुष र बारा निजगढ –६ का योजना टोल निवासी ५ वर्षीय बालकको कोरोना संक्रमणले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

मृतक व्यक्तिको जेठ २८ गते वेवारिसे शव फेला परेको थियो । उनको जेठ ३० मा कोरोना पुष्टि भएको हो । त्यसैगरी मृतक बालकमा ज्वरो तथा श्वासप्रश्वासको समस्या भएपछि विरगन्‍ज हेल्थ केयर सेन्टरमा उपचाररत थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार