दाङमा भोलिदेखि सबै सरकारी कार्यालय खुल्ने

दाङमा भोलिदेखि सबै सरकारी कार्यालय खुल्ने

जेठ ३२ काठमाडौ

जिल्ला प्रशासन कार्यालय दाङले भोलि देखि जिल्लाका सबै सरकारी कार्यालय खोल्न निर्देशन दिएको छ ।

सबै सरकारी कार्यालय सहित शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजि क्षेत्रका कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु खोल्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिनुभयो ।

कार्यालयमा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, पटक–पटक सावुन पानीले हात धुने वा स्यानीटाईजर प्रयोग गर्न समेत निर्देशन गरिएको छ । जनस्वास्थ्यका मापदण्ड र सुरक्षाको मापदण्ड पूरा गरेर विहान ८ बजेदेखि दिउसो १ बजेसम्म र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा कार्यालय खोल्न निर्देशन दिईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार