चौरजहारी अस्पतालका दुई चिकित्सकसहित सात जना क्वारेन्टिनमा

चौरजहारी अस्पतालका दुई चिकित्सकसहित सात जना क्वारेन्टिनमा

असार १ काठमाडौ

रुकुम पश्चिमको चौरजहारी अस्पतालले २ चिकित्सकसहित ७ जनालाई क्वारेन्टिनमा राखेको छ । सोही अस्पतालका एक कर्मचारी र उपचार गराएका एक व्यक्तिलाई आइतबार  कोहलपुरमा कोरोना पुष्टि भएपछि २ डाक्टर, ४ जना स्वास्थ्यकर्मी र १ जना सहयोगीलाई क्वारेन्टिनमा राखिएको अस्पतालले जानकारी दिएकाेे  छ ।

जिल्लाकाे सानीभेरी गाउँपालिका–१, का ८२ वर्षीय पुरुष ११ दिन अघि चौरजहारी अस्पतालबाट डिस्चार्ज भएका थिए । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रहेका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी नेपालगञ्जमा छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार