साेती घटनाका ९ अभियुक्तको बयान सकियो

साेती घटनाका ९ अभियुक्तको बयान सकियो

असार २ काठमाडौ

रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका–८ सोती गाउँमा ६ जनाको ज्यान जानेगरी भएको घटनाका अभियुक्तको बयान सुरु भएको छ ।

अभियुक्त ३४ मध्ये ९ जनाले मंगलबार रुकुम जिल्ल्ला अदालतमा बयान दिएका छन् । ३४ जनामध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातिय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाईको छ ।

बाँकी एक जनालाई मतियारको अभियोग सहित जिल्ला सरकारी वकिलको कार्यालय रुकुम पश्चिमले अस्ती आईतबार जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो ।

अभियुक्त मध्ये दुई जना नाबालकको थुनछेक बहस पश्चात पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश सोमबार नै गरिसकेको छ । अभियुक्त मध्ये ५ जना अझै फरार छन् ।

सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीका प्रेमी सहित जाजरकोटबाट आएका युवा गत जेठ १० गते स्थानीयको आक्रमणमा परेका थिए । जसमा किशोरीका प्रेमी भनिएका नवराज विक सहित ६ जनाको ज्यान गएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार