काेराेना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

काेराेना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

असार ३ काठमाडौ

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । र, बधुबार साढे ११ बजेतिर उनको निधन भयो ।

साँझ उनको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार