बिहीबार थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

बिहीबार थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

असार ४ काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ ।

उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् ।

यस्तै बिहीबार काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार