दाङमा १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

दाङमा १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

असार ४ काठमाडौ

दाङमा बिहीबार थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फेला परेको छ। घोराही उपमहानगरपालिका वडा नं. १० का ३२ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको छ। संक्रमित स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टिनमा खटिँदै आएका व्यक्ति हुन्।

जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार योसहित जिल्लामा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ८ पुगेको छ। घोराहीमा मात्रै ५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ।
मंगलबारमात्रै दाङको राजपुरकी एक जना स्वाब संकलनमा खटिँदै आएकी एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण फेला परेको थियो। राजपुर गाउँपालिकामा ल्याब असिष्टेन्ट २५ वर्षीया स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको हो।
उनी स्वाब संकलनको लागि खटिँदै आएकी स्वास्थ्यकर्मी रहेको चन्दले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार