शुक्रबार देखि पर्वत अस्पतालका इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

शुक्रबार देखि पर्वत अस्पतालका इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

असार ५ काठमाडौ

पर्वत जिल्ला अस्पतालका इमर्जेन्सी बाहेकका सबै सेवा बन्द भएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले शुक्रबार जारी गरेको सूचनामा अनिश्चितकालका लागि इमर्जेन्सीबाहेकका सेवा बन्द गरिएको जनाइएको छ ।

सूचना अनुसार असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पतालका ५ (पाँच) जना स्वास्थ्यकर्मीहरुमा कोभिड-१९ पोजेटिभ देखिएको हुँदा अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द रहने जानकारी गराइएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार