गण्डकी प्रदेशका ४ जिल्लामा थप १६ जनामा कोरोना संक्रमण

krishi
Duduwa Corona

गण्डकी प्रदेशका ४ जिल्लामा थप १६ जनामा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  

असार ७ काठमाडौं

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आइतबार बिहान जारी सूचना अनुसार प्रदेशका ४ जिल्लामा थप संक्रमण देखिएको हो।

संक्रमित हुनेहरुमा बाग्लुङका ९, म्याग्दीका ४, तनहुँका १ र पर्वतका २ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये एक जना महिला र बाँकी पुरुष हुन्।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ। नेपालभर भने संक्रमितको संख्या ८ हजार ६ सय २१ पुगेको छ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार