आइतबार थप ४२१ जनामा कोरोना संक्रमण, ९,०२६ पुगे संक्रमित

आइतबार थप ४२१ जनामा कोरोना संक्रमण, ९,०२६ पुगे संक्रमित

असार ७ काठमाडौं

नेपालमा आइतबार थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

यस्तै आजै कोरोना संक्रमण निको भई १ सय ९४  जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।

संक्रमित हुनेमा झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, बाराका ३ जना, अर्घाखाँचीका १६ जना, डडेलधुरा १४ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जना, नुवोकाटका १, प्युठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना, सर्लाहीका ५ जना रहेका छन् ।

त्यसैगरी सिरहाका ५२ जना, ललितपुरका १ जना, पाल्पाका २ जना, अर्घाखाँचीका ५८ जना, बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना, तनहुँका ४ जना, पाल्पाका २ जना, बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडलेधुराका २७ जना र कञ्चनपुरका १ जनामा संक्रमण देखिएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार