स्वास्थ्य मन्त्रालयले भन्यो: कोरोना संक्रमण समूदायस्तरमा फैलिएको छैन

स्वास्थ्य मन्त्रालयले भन्यो: कोरोना संक्रमण समूदायस्तरमा फैलिएको छैन

असार ७ काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण समूदायस्तरमा पुगिनसकेको जनाएको छ।

नियमित प्रेस ब्रिफिङमा क्रममा आइतबार रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अधिकांश संक्रमित विदेशबाट आएकाले समूदायस्तरमा संक्रमण नगएको पुष्टि भएको दाबी गरे।

उनले कुल ९ हजार २६ जना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएको जनाए। जसमध्ये पनि धेरैजसो भारतबाट आएको उनले जानकारी दिए। कुल संक्रमितमध्ये ९२ प्रतिशत पुरूष छन् भने १५ देखि ५४ वर्ष उमेर समूहका बढी छन्।

साथै ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका र संक्रमितमध्ये गम्भीर प्रकारका बिरामी कम रहको मन्त्रालयको भनाइ छ।

मृत्यु भएका २३ जनामध्ये सबै कोरोनाकै कारणले मृत्यु नभएको डाक्टर पाण्डेले दाबी गरे। उनले धेरै बिरामी किड्नी र दमका रोगी भएकाले उनीहरूको दीर्घ रोगको कारण मृत्यु भएको बताए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार