सोती घटनाका दोषीलाई पुर्पक्षका लागि थुनामा राख्न माग

सोती घटनाका दोषीलाई पुर्पक्षका लागि थुनामा राख्न माग

असार ८ काठमाडौ

रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती घटनाका दोषीलाई मुद्दा किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न अधिवक्ताहरुले माग गरेका छन् । सो घटनाका अभियुक्त विरुद्धको थुनछेक बहसमा पीडित पक्षबाट वकालत गरेका अधिवक्ताले दोषीलाई थुनामा राखेर अनुसन्धान अघि बढाउनुपर्ने माग गरेका हुन ।

पीडित पक्षका तर्फबाट हिजो र आज गरी २० जना अधिवक्ताले बहस गरेका छन् । गत शुक्रबार ५ जना सरकारी वकिलले बहस गरेका थिए ।  भोलि प्रतिवादी तर्फका वकिलले बहस गर्ने जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृत बहादुर बोहराले जानकारी दिनुभयो ।

गत जेठ १० गते आफ्नी प्रेमिकालाई विहे गरी ल्याउन भन्दै गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक सहितको टोलीलाई सोतीका स्थानीयले आक्रमण गरेका थिए ।

उनीहरुको आक्रमणमा परी विक सहित ६ जनाको ज्यान गएको थियो । पीडित पक्षले दिएको ३४ जना विरुद्धको किटानी जाहेरी पछि २९ जना पक्राउ परेका हुन् । ५ जना अझै फरार छन् ।  आरोपी ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातिय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाईको छ भने १ जनालाई मतियारको अभियोग लगाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार